ईम्प्रेशन नेपाल गण्डकी संयोजकमा चिन्तामणी बास्तोला

पोखरा, १८ भदौ, नेपाल ट्रेड युनियन महासघं ( जिफन्ट ) सङ आवद्ध प्रेस, मिडिया तथा सुचना प्रविधि क्षेत्रमा क्रियाशील मजदुरहरुको पेशागत सुरक्षाका र दक्षता विकासमा जोड दिइएको संस्था ईम्प्रेशन नेपाल गण्डकी गठन गरिएको छ । शनिबार पोखरामा सम्पन्न प्रदेश स्तरिय भेलाले चिन्तामणी बास्तोलाको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । सघंको सह संयोजकमा खड्क बहादुर गुरुङलाई चयन गरिएको छ ।

त्यसतै सघंको सदस्यहरुमा एकनारायण चापागाई ( कास्की ), कुन्दन मल्लिक ( कास्की ), राम प्रसाद भुषाल ( लमजुङ ), बिश्व प्रकाश भुषाल ( तनहुँ ), केशव भण्डारी ( नवलपुर ), युवराज कँडेल ( बागलुङ ), बामदेव रिजाल ( म्याग्दी ), बुद्ध कुमाल ( गोरखा ), मणी प्रसाद अर्याल ( स्याङजा ), जिवन गोतामे ( मुस्ताङ ), नारायण पौडेल ( पर्वत ), र ऋषिराम दवाडी ( तनहुँ ) चयन भएका छन् ।

भेलालाई सम्वोधन गर्दै ईम्प्रेशन नेपालका निबर्तमान अध्यक्ष महेन्द्रलाल श्रेष्ठले नयाँ कार्यसमिततिलाई शुभकामना दिदै श्रमिकको हकहितका विषयमा शसक्त भएर लाग्न आग्रह गरे । उनले नेपालको श्रमिक ऐन र सामाजिक सुरक्षा ऐनका बारेमा प्रशिक्षण समेत दिएका थिए ।

त्यस्तै कार्यक्रममा ईम्प्रेशन नेपालका सल्लाहकार गुणानिधि पाण्डे , केन्द्रिय सदस्य मात्रिका पोखरेल, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज तुलसी पाण्डे, ईम्प्रेशन नेपाल कास्कीका अध्यक्ष सबी शेरचन, सञ्चारीका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठ लगायतले मजदुर र श्रमिकहरुको हकहितका विषयमा काम गर्न सुझाब दिदै नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट करिब ४० जनाको सहभागिता रहेको थियो ।

वि. सं. २०३६ साल माघमा स्थापना भएको सघंले स्थापना कालदेखि नै श्रमिक र मजदुरका साझा समस्याका विषयमा काम गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...