पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने

पोखरा, भदौं २३ गते । पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालमि हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीको आयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम हुन लागेको हो ।

तालिममा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी लगायतका विभिन्न संघसंस्थाको सहयोग रहने अध्यक्ष बरालको  भनाई छ । तालिममा गण्डकी प्रदेशका कास्की सहित ११ जिल्लाकै खेलपत्रकारहरुको सहभागीता रहने उपाध्यक्ष सुरज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अध्यक्ष बरालकै संयोजकत्वमा तालिम सम्पन्न हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना हुन लागेको मञ्चले जनाएको छ ।

मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...