त्रि. वि. कर्मचारी संघ ई.अ.सं. पश्चिमाञ्चल क्याम्पस इकाई समितिको १४ औं साधारण सभा एवम् सम्मान कार्यक्रम सम्पन्न

पाेखरा, त्रि. वि. कर्मचारी संघ ई.अ.स पश्चिमाञ्चल क्याम्पस ईकाइ समितिको १४ औं साधारण सभा एवम् सम्मान कार्यक्रम भाद्र २६ गते पश्चिमाञ्चल क्याम्पसको ईलेक्ट्रोनिक्स तथा कम्प्युटर ईन्जिनियरिङ बिभागको सभाहलमा केन्द्रिय कर्मचारी संघका अध्यक्ष श्री छत्रबहादुर कार्कीको प्रमुख तथा क्याम्पस प्रमुख ई. निर्मलाप्रसाद बराल ज्युको बिशिष्ट आतिथ्यतामा भब्यरुपमा सम्पन्न भयो । उक्त कार्यक्रममा त्रि. वि मा अविच्छिन्न रुपमा २३ बर्ष सम्म सेवा गर्ने उप–प्रशासक खेम बहादुर पुलामी, मु.का.स उमेश तामाङ, मु.का.स राजेन्द्र बहादुर बानिया, मु.का.स प्रकाश ढकाल, मु.का.स दिल बहादुर थापा, कार्यलय सहायक लक्ष्मी पराजुली, कार्यलय सहायक सुके अवाल, कार्यलय सहयोगी बुद्धि बहादुर थापा, कार्यलय सहयोगी रामकृष्ण श्रेष्ठ, कार्यलय सहयोगी निरमाया थापा र कार्यालय सहयोगी बिना थापालाई दोसल्ला र प्रमाण प्रत्रले सम्मान गरिएको थियो । सोही अवसरमा आसन्न कर्मचारीको निर्वाचनमा क्याम्पसबाट केन्द्रिय कर्मचारी संघमा सदस्यको रुपमा प्रतिनिधित्व गर्ने हरिकला अधिकारी तथा केन्द्रिय कमिटी अध्यक्ष छत्रबहादुर कार्कीलाइ पनि दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सम्मान हुने कर्मचारीहरुको तर्फबाट मुख्य कार्यलय सहायक प्रकाश ढकाल, त्रि प्राध्यापक संघका सभापति राजेश भट्टराई, कर्मचारी कल्याण कोषका कार्यवाहक अध्यक्ष तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका प.क्या इकाई अध्यक्ष राजेन्द्र बहादुर बानियाँ, प्रजातन्त्रबादी कर्मचारी संघ प. क्या इकाई अध्यक्ष दिल बहादुर थापा, प्रगतिशील कर्मचारी संगठन प. क्या इकाई अध्यक्ष ज्ञानेन्द्र बहादुर थापा, कर्मचारी संघ प. क्या इकाईका निवर्तमान कार्यबाहक अध्यक्ष निर्मल प्रसाद पौडेल, केन्द्रिय सदस्य हरिकला अधिकारी, उप प्रशासक खेम बहादुर पुलामी, स. क्या प्रमुख फेसेलीटी तर्फका ई. सुरेश तिमिल्सिना, स. क्या प्रमुख प्रशासन तर्फका ई. ईश्वर के.सी.,क्याम्पस प्रमखु ई. निर्मल प्रसाद बराल तथा त्रि.वि कर्मचारी संघ केन्द्रिय कमिटी अध्यक्ष छत्रबहादुर कार्की ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुभकामना मन्तब्यका क्रममा क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसको स्तरोन्नती तथा बिकासमा कर्मचारीहरुको भुुमिका र सहयोग अत्यन्त उदाहरणीय रहेको र यस्तै खालको सहयोग क्याम्पस प्रसाशनले आगामी दिनहरुमा पनि अपेक्षा गरेको जानकारी गराउनु भएको थियो । त्रि वि मा २३ बर्ष सम्म सेबा गरेबापत संघले गरेको सम्मानले आगामी दिनहरुमा कर्मचारीहरुलाई आफ्नो कार्य प्रतिको जिम्मेवारीमा अनुभवले खरिएको महशुष गराउने र कर्मचारीहरुलाई हौसला प्रदान गर्ने हुँदा संस्थाको बिकासको लागि प्रशासनले नै गर्न आवश्यक रहेको यस्ता रचानात्मक कार्यक्रमहरु संघले गरेकोमा संघलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य राख्दै अध्यक्ष कार्कीले हालै सम्मन्न कर्मचारी संघ केन्द्रिय समितिकाे निर्बाचनमा पश्चिममाञ्चल क्याम्पसबाट आफ्नो अमुल्य मतदान दिएर अध्यक्ष जस्तो गरिमाय पदमा बिजयी गराउन सहयोग गर्नुभएकोमा पश्चिमाञ्चल क्याम्पसका सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै त्रि.वि मा बिगत लामो समय देखि लाग्दै आएको ताला खोल्ने बिषयमा आफ्नो रचानात्मक भुमिका रहने कुराको जानकारी गराउनुका साथै त्रि वि का कर्मचारीहरुको पेशागत हकहितका लागी अध्यक्षको तर्फबाट सधै लडिरहने जानकारी गराउनु भयो ।
त्रि.वि कर्मचारी संघ प. क्या इकाई का सभापति श्री पदम पुडासैनीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा इकाई सदस्य शान्ता अर्यालले स्वागत गर्नभएको थियो भने कार्यक्रमको संचालन इकाई सचिब ऋषिराम बास्तोलाले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...