पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी

पोखरा, भदौ २६ गते । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापती विजयी हुनुभएको छ ।

संघको शनिवार भएको निर्वाचनको मतगणना आज साँझ सम्पन्न भएको छ । मत परिणाम अनुसार पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गर्नुभयो ।

 

संघको निर्बाचनमा पवन र अर्जुनले प्यानल बनाएरै चनावी मैदानमा उत्रेका थिए । मत परिणाम अनुसार पदाधिकारी र सदस्यमा प्रजापती प्यानलको वर्चश्व कायम भएको छ ।

बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी हुनुभएको छ ।

सदस्यमा पनि पवन प्यानलले नै धेरै जितेको छ । । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...