खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने

पोखरा, भदौं २६ गते ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा असोज पहिलो साता पोखरामा हुने प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसंग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताउनु भएको मञ्चले जनाएको छ ।

प्रदेशको राजधानि पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न महानगरले हरेक हिसावले सहयोग गर्ने बताउदै मेयर आचार्यले मञ्चले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्नु भयो । पोखरा महानगरले पोखरा स्पोटर्स अवार्ड देखि विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएकोमा महानगरलाई धन्यवाद दिदै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलपत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्न उक्त तालिम आयोजना गर्न लागेको बताउनु भयो ।

 

टोलीमा मञ्चका अध्यक्ष बरालको साथमा सल्लाहकार एकराज गिरी, रन्जन अधिकारी, सदस्य राजु गिरी, गणेश बराल, कृष्ण दवाडी लगायतको सहभागिता रहेको थियो । टोलीले पोखरा महानगरको उपप्रमुख मञ्जुदेवी गुरुङलाई पनि भेटेको थियो ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद लगायतका विभिन्न संघ संस्थाको सहयोगमा मञ्चले उक्त तालिम असोजको ४ र ५ गते पोखरामा गर्ने तयारी गरेको छ ।

असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता करिब ३९ बर्ष पछि हुन लागेको हो ।

यसैबिच मञ्च गण्डकीले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको पोखरा रंगशाला स्थित मिडिया सेन्टरमा सिसिटिभि जडान गरिएको छ । मिडिया सेन्टरमा रहेका सामाग्रीको सुरक्षाको लागि सिसिटिभि जडान गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । पौडेलले मञ्चले आयोजना गर्न लागेको खेलकुद पत्रकारिता तालिमको तयारीमा तिव्रता दिइएको समेत बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...