जिसस कास्कीको आयोजनामा बालबालिका सम्बन्धि घटना ब्यबस्थापन अभिमुखिकरण शुरु

जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा आयोजित स्थानिय तहमा बाल अधिकार संरक्षण र बालबालिका सम्बन्धि घटना ब्यबस्थापन दुई दिने अभिमुखिकरण तालिम सोमबार देखि पोखरामा शुरु भएको छ।
कास्कीका पाँच ओटा पालिकाका उप -प्रमुख सहित सम्बन्धित बिषय हेर्ने जनप्रतिनिधि तथा बिभागिय प्रमुख र कर्मचारीहरू एबम सरोकारवाला निकायहरू सहभागि तालिमको जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन । पौडेलले विभिन्न बहानामा बालबालिका पीडित हुन परेको र ती घटनाहरुको न्यूनीकरणमा जन- प्रतिनिधीहरूको महत्त्वपूर्ण भुमिका हुने उल्लेख गरे । उनले बाल बालिकामा हुने घटनाहरूको प्रक्रियागत ब्यबस्थापनमा तालिम उपयोगि हुने बिश्व्वास ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की का उप – प्रमुख सरिता माल , जिल्ला समन्वय अधिकारी नबराज बराल , राष्ट्रिय बाल अधिकार परिषदका परियोजना प्रमुख ज्ञानेन्द्र श्रेष्ठ , परिषद गण्डकीका संयोजक बद्री प्रसाद वाग्ले, जि स स कास्की सदस्य लक्ष्मी दमै,शक्ति समुहका अध्यक्ष चरिमाया तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

दुइदिन सम्म चल्ने तालिममा स्थानिय तहमा बालबालिकामा आइपर्ने समस्या , तिनिहरुको समाधान र सम्भाबित जोखिम न्यूनीकरणका प्रक्रियासँग सम्बन्धित बिषयमा अभिमुखिकरण प्रदान गरिने जि. स. स. कास्किले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...