भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक विश्रामस्थल बन्ने

पोखरा, भदौ २७ गते ।पोखरा महानगरपालिका वडा नं. २० भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं. २० साविक भलाम १ स्थित ठूलोपाटनको पूर्वी भागमा हरिहर पैदल मार्गसँग जोडिएको खुल्ला सार्वजनिक जग्गामा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल बन्न लागेको हो ।

 

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९।०८० वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकमबाट कार्य सम्पादन गर्न पोखरा २० को कार्यालयसँग समन्वय गरी अगाडि बढ्ने समेत सोमवार बसेको समितिको पहिलो बैठकले निर्णय समेत गरेको छ ।पार्क तथा खल्ला व्यायामशाला, जेष्ठ नागरिक विश्राम स्थल निर्माण समितिका अध्यक्ष यादव गौतमको अध्यक्षतामा बसेको बैठकको संचालन सचिव रेशम खत्रीले गर्नुभएको थियो भने विशेष उपस्थिति पोखरा २० का वडा अध्यक्ष गंगा बहादुर खत्री रहनुभएको थियो । वडा अध्यक्षको पहलमा उक्त पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल बन्न लागेके हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...