त्रि.वि. इ.अ.सं. पुल्चोकमा सर्वसम्मत्

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले देशैभरीका क्याम्पस, कार्यालयहरुको ईकाइहरुमा २०७९ आश्विन ५ गतेको लागि निर्वाचनको तालिका सार्वजनिक गरेसंगै त्रि.वि. अन्तर्गतका क्याम्पस, कार्यालयहरु यतिखेर पेशागत कर्मचारीहरुका संघ, संगठनहरु चुनावी माहौलमा होमिन पुगेका छन् । यसै सन्दर्भमा त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पस इकाई समितीका लागि क्याम्पस भित्र पेशागत संघ
संगठनहरुले सर्वसम्मत रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

विगत बर्षहरुमा भएका चुनावी प्रतिष्पर्धाले कर्मचारीहरु त्यती सन्तुष्ट नभएको र कर्मचारीहरुको हकहितका लागि सबै पक्षको उतिकै भूमिका रहने र वीन वीन को पोजिशनमा रही आम कर्मचारीहरुको पेशागत हक, हितको लागि प्रतिवद्ध हुने प्रतिवद्धता गर्दै ईकाईको निर्वाचनको लागि सर्वपक्षिय निर्णय गरिएको हो । सहमती अनुसार त्रि.वि. प्रजातान्त्रिक समूहबाट सभापति पदका लागि पुरुषोतम कार्की, सचिव पदमा राष्ट्रिय कर्मचारी संगठनका वेद बहादुर खड्का, कोषाध्यक्ष पदमा प्रगतिशील कर्मचारी संगठनका न्हुंछे नारायण श्रेष्ठ, उपसभापतिमा चिरञ्जीवी भण्डारी, उपसचिवमा ठाकुर घिमिरे, सदस्यहरुमा शैलेन्द्र बुढाथोकी, अन्तिम प्रसिद्ध धिताल, कृष्णहरी भट्ट, सुभद्रा पन्त, राधिका थापा र मनिश श्रेष्ठको नाम सहित संयुक्त निवेदन निर्वाचन आयोगको कार्यालयमा दर्ता भएको कुरा त्रि.वि. कर्मचारी संघ, इ.अ.संं पुल्चोक एकाई निर्वाचन समिति २०७९ का सदस्य सचिव सागरराज सुवेदीले बताउनु भयो । वहांका अनुसार निर्धारित समय भित्र अन्य कुनै उम्मेदवारी दर्ता नभएका कारण निर्वाचन कार्यतालिका बमोजिम नतिजा घोषणा गरिने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...