राजनीतिक दलहरुलाई पुजाकाे खुलापत्र

पुजादेवी शर्मा/ राजनितीक दलहरु कुनै न कुनै उदेश्य लिएर नै मैदानमा आएका हुन। सबै राजनितीक दलहरुकाे आ-आफ्नै विचार आ-आफ्नै उदेश्य आ-आफ्नै एजेन्डा छन्। तर पनि प्रतिस्पर्धाकाे दाैडानमा अगाडि पुग्नकै लागि राष्ट्रियतालाई नै लात हान्न सक्ने राजनीतिक दलहरु पनि हामिले नदेखिएकाे हैन।
विभिन्न राजनीतिक दलहरुमध्ये कुनै दल देशकाे लागि केही सकारात्मक परिवर्तन नै गर्छु भन्ने उदेश्य लिएर आएका हाेलान, कुनै दल पदिय लाेभमा एकातिर पद नपाए नयाँ दल नै बनाएर भए पनि राम्रो पद लिएर आगामी यात्रा तय गर्छु भन्ने उदेश्य लिएर आएका हाेलान , कुनै दल यता नेतृत्व दिन्छन् भने यतै बस्छु नत्र त्यता दिनि भा त्यतै जान्छु भन्ने उदेश्य लिएर आएका हाेलान, कुनै दल नागरिकता र देश नै बेच्न परे पनि बेच्छु तर प्रतिस्पर्धामा म नै अगाडि हुन पर्छ भन्ने उदेश्य लिएर आएका हाेलान…
तर उदेश्य त उदेश्य नै हाेनि कि कसाे…?
कुनै राम्रा दलमा नराम्रो नेतृत्व र कुनै नराम्रा दलमा राम्रो नेतृत्व नि हुन सक्छ है फेरि…..
सानैबाट राजनीतिमा अलि बढि नै चासाे राख्ने भएर हाेला चुनाव आउदै गर्दा मनमा खुलदुल खुलदुल हुन्छ..
हाम्रो क्षेत्र बाट कस्ले टिकट पाउला त??
त्याे पार्टीले कस्लाई टिकट देला त??
अनि याे पार्टीले फेरि कस्लाई देला??
हैन.. नेतृत्वमा त युवा नै अाए पनि हुन्थ्यो नि..
किन? पार्टीले युवालाई नपत्याएकै हाे र?
हैन हाै vision लिएर युवा आयाे भने त केही अरुले भन्दा नयाँ त पक्कै गर्छ।…..
हाे अँ ठ्याक्कै यस्तै कुरा मनमा खेल्दा रैछन..
हुन त उमेर पुगेका बा आमा हजुरबुबा हजुरआमाकाे पनि आ-आफ्नाे पार्टीमा ठुलाे देन हाेला ठुलाे भुमिका हाेला, झ्याप्प पार्टी अरुलाई सुम्पिन पनि गाराे हाेला….
तर अब नेतृत्वमा छाेरा छाेरी नाति नातिनीलाई राखेर आफुले यसाे गर बा.. उसाे गर बा… भनेर पछाडि बसेर साथ सहयोग सल्लाह दिए पनि हुदैन र?
पञ्चायलाई लखेटेनाै हाेला, राणाशासन अन्त्य गर्दा उपस्थित भएनाै हाेला, माओवादि द्वन्द भाेगेनाै हाेला, राजाशासन अन्त्य गर्दा उपस्थित भएनाै हाेला…
ए बाबा…, जन्मेकै थिएनाै त कताबाट उपस्थित हाैँ त?
तर पुर्खाले उठाएकाे पुर्वजले बनाएकाे धरातल त पक्कै भत्काउदैनाै नि..
बाले आफ्ना सन्तानलाई त याे घरमा जन्मेको हाेस याे घर तैले बनाकाे हैनस है भन्न पनि त मिलेन नि हैन र?
छाेराछाेरीले बाउकाे विरासत याे हाे यस्ताे हाे अब म पनि यहि गतिमा जानुपर्छ है भन्ने कुरा राम्रोसँग बुझेकाे हुन्छ।
के हाम्रा अग्रजले ल मलाई पनि बुढेसकाल लाग्याे अब घरकाे ताला चावि तेराे जिम्मा है बाबू/ नानि भन्न मिल्दैन र???
याे संसार विविधतायुक्त र बहुप्रकृतिकाे छ, विभिन्न देश,महादेश, विभिन्न ठाँउकाे हावापानी कहाँ सधै एकैनाशकाे हुन्छ र?
मानिस हरु बसाेबास गर्ने समाज पनि फरक फरक ढंगले विकसित भएकाे हुन्छ। याे प्रणालिलाई कुनै पनि शक्तिले,कुनै पनि विचारले, कुनै पनि संगठनले सधै एउटै ढाँचामा मात्र राख्छु भन्ने कुरा सम्भव छ र??
आज देशकाे हरेक कुनाले युवा बाेलिरहेकाे छ, आज देशकाे हरेक क्षेत्रले युवा बाेलिरहेकाे छ, आज देशकाे हरेक नागरिकले युवा बाेलिरहेकाे छ भने तँपाईहरुले युवालाई नै माैका दिदा के फरक पर्ला र??
एउटा स्वतन्त्र युवा चुनावमा उठेर चुनाव जित्छ र काम गर्न सक्ने आट राख्छ भने… विभिन्न राजनितिक दलका युवाहरुकाे त विरासत बाेकेकाे ईतिहास छ ??
के तपाईहरु युवालाई माैका दिनुभयाे भने तपाँईका युवा पछि हट्लान र???

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...