ललितकुमार हेलकुमारी स्मृति पुरस्कार गायिका नुपुर भट्टाचार्यलाई प्रदान गरिने

पोखरा, भदौ २९ गते । यस वर्षको ललितकुमार हेलकुमारी पुरस्कार गायीका नुपुर भट्टाचार्यलाई यस पुरस्कार प्रदान गरिने भएको छ ।प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको लागि संस्थाका सल्लाहकार तिर्थ श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार योग्य चयन समितिको सिफारिसमा उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरिएको संस्थाद्वारा बुधबार प्रकाशित प्रेश विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

गायिका भट्टाचार्य विगत ५ दशकदेखि अनवरत रुपमा नेपाली गीत संगीतको क्षेत्रमा लाग्नुभई बालगीत, भजन, लोकगीत साथै सुगम संगीतको क्षेत्रमा योगदान दिँदै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय सम्मान÷अभिनन्दनबाट सम्मानित भईसक्नुभएको छ ।

 हाल उक्त पुरस्कारको राशि नगद रु.५०,००० (पचासहजार) र सम्मान पत्र रहेको छ ।संगीत क्षेत्रमा पोखरालाई कर्मथलो बनाई थुप्रै व्यक्तिहरुलाई तवला वादन प्रशिक्षण गराउनुका साथै शास्त्रीय गायनमा उल्लेख्य योगदान गर्नुहुने स्व. ललितकुमार वाटाजुले आŠनै जीवनकालमा आŠनै र आŠनो धर्मपत्नीको नाममा पुरस्कारको स्थापनार्थ अक्षयकोष स्थापना गर्नुभएको ललितकुमार हेलकुमारी स्मृति संगीत पुरस्कारमा उहाँहरुको निधन पश्चात उहाँका सुपुत्रहरुले अक्षयकोषमा रकम थप गरी रु.३,००,००० (तिन लाख) को अक्षयकोष राखी कोषको व्याजबाट प्राप्त रकमबाट प्रत्येक दुई दुई बर्षमा यस केन्द्रद्वारा उक्त पुरस्कार नेपाली संगीत क्षेत्रको श्रीवृद्धिमा उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्दै आएकोमा यसै वर्षबाट प्रत्येक तिन तिन वर्षमा प्रदान गर्ने गरी नियमावली संशोधन गरीएको समेत उक्त विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...