‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक

मानिसको खानपिन, रहनसहन र जीवनशैलीलाई केन्द्रित गरेर चिकित्सक सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक गरिएको छ । सो पुस्तक शिखा बुक्स काठमाडौँले प्रकाशनमा ल्याएको हो ।

पुस्तकमा विश्वका विभिन्न ठाउँमा सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई सविस्तार चर्चा गरिएको छ । साथै विभिन्न उपचार पद्धतिलाई सरल तरिकाले बुझाइएको छ । एक चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी अनुभवसमेत पुस्तकमा समेटिएको छ । आजको समयमा किन यति धेरै मानिस रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा पण्डितले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला–पहिलाका पुस्ताका मानिसहरू सय वर्ष बिनाऔषधि कसरी बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकाँै स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरेको छु ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...