संविधान दिवसको सान्दर्भिकता : एक सक्षिप्त विश्लेषण

TN Devkota, माबन सभ्यताको बिकास क्रम सगै मानिसहरु ढुङ्गे युग, शिकारी युग, कृषि युग हुँदै आधुनिक प्रबिधिको चरम उत्कर्ष युगमा अगाडि बढेको पाईन्छ। जब मानिस समुहमा बस्न रुचाउछ त्यहाँ नेतृत्वको आबश्यकता पर्ने गर्दछ। प्राचीन समय धर्मको आधारमा राज्य संचालन हुने तथा धर्म गुरुहरु द्वारा नै विभिन्न नियमहरु प्रथा परम्परा बनाईन्थो। यसरी क्रमश बिश्वका विभिन्न देशहरुले चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र,अन्य धार्मिक ग्रन्थद्वारा राज्य संचालन गर्ने गरिएको अभ्यास पाईन्छ।
नेपालमा १०४ बर्ष जहानिय राणा शासनको सुरुवात सगै कानुन र शासन नै श्री ३ महाराजको बोली थियो। उनिहरु कानुन भन्दा माथी थिए, क्रमश भारतमा भएको अंग्रेज़ बिरोधि आन्दोलनले नेपालमा पनि क्रमश स्वतन्त्रताको आन्दोलन भुसको आगो जस्तै भित्र भित्र सल्कन थाल्यो। तल्कालिन नेपाली काङ्ग्रेस र बामपन्थी दलहरुले राणा शासन विरुद्ध आन्दोलनको सुरुवात गरे त्यसमा राजा त्रिभुवनको साथ र सहयोगबाट नै नेपालमा प्रजातन्त्रको उदय भयो।
बि.स. २००७ साल तिर नै बिधान सभाको चुनाबद्वारा संविधान बनाउने भनिएता पनि बिधान सभाको चुनाब हुन सकेन परिणाम स्वरुप नेकपा माओवादीको १२ बर्ष शशस्त्र युद्ध, ६२/६३ को जनआन्दोलन मार्फत नेपालमा गणतन्त्र स्थापना भई २०४ बर्षे राजतन्त्रको अन्त्य भयो।
नेपालिहरुको लागि ०७२,असोज ०३ एक ऐतिहासिक दिन मात्रै नभई धेरै नेपालिको रगत र पसिना द्वारा निर्मित नेपाली जनताको सपना समेत हो। परिबर्तनका निम्ति गरिएका विभिन्न युद्धमा हजारौं नेपाली जनताले बलिदान गरे, हजारौं बेपत्ता, हजारौको संख्यामा अङ्गभङ समेत हुनु पर्यो। यो संविधान २/२ पटक संविधान सभाको चुनाबद्वारा सबै दलको बहुमत सहमतिमा जारी गरिएको पाईन्छ। छिमेकी मित्र रास्ट्रको असन्तुष्टि, अघोषित नाकाबन्दी, प्राकृति बिपत्ती भुकम्प जस्ता चुनौती समेत तत्कालीन नेतृत्व सग थियो। यद्यपि सबिधानमा केही असहमति राख्ने बिचारहरु पनि नभएका होइनन् , कमिकमजोरिलाई समय अनुकुल परिस्कृत र परिमार्जन गरिदै लगिनु पर्दछ।
प्रशङ एक थान सबिधानको मात्रै होईन। के संविधान निर्माण भएर देश समृद्धि भएको छ? नागरिकको जनजिबिकामा परिबर्तन आएको छ? सहिद परिबारको मनमा मलम पट्टि भएको छ? यी र यस्तै प्रश्नको उत्तर अबश्य पनि नेतृत्वले दिनै पर्छ। संविधान जारी गर्दैमा श्रम जिबि बर्ग, मजदुर, किसान, उत्पीडित बर्गको किन जिबनस्तर कसरी माथी उठाउने त्यो गहन विषय भनेको छ।

नेतृत्वको भनाईमा संविधान नभएर जनताको समृद्धि भएन भने संविधान बनेको पनि करिब १ दशक हुँदै गर्दा आखिर के कारणले रोक्यो त? बिकास र समृद्धि संविधान मात्रै बनेर नहुने रहेछ, नेतृत्वको नियत सकारात्मक हुनु जरुरी छ। देशमा ब्याप्त भ्रस्टाचार छ, बेथिति बिसङतीको बेलैमा उपचार गरि हरेक दल बिबेकशिल हुनु जरुरी छ। सबै दलहरु ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर, सबैले कानुनी राज्यको आभास दिलाउन सकेमा मात्र नयाँ संविधान सार्थक हुनेछ अन्यथा संविधान कागजको खोस्टा मात्रै नहोला भन्न सकिँदैन।
संविधान दिबशको सबैमा शुभकामना।

लेखक: TN Devkota त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...