पोखराका मासु पसलमा अनुगमन, १३ पसललाई जरिवाना,७ केजी मासु जफत

पोखरा, असोज ४ गते ।पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । पोखरा महानगरले विशेष गरी दशै तिहारलाई लक्षित गरेर अनुमगन सुरु गरेको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक सुरुवात गरिएको अनुगमन मासु पसलबाट सुरुवात गरेको हो ।


पोखरा महानगरपालिका कार्याबाहक प्रमुख एवं महानगर बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुमगन गरिएको हो । विहान ६ बजे काबा प्रमुख गुरुङ, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य निरिक्षक अनुषा कार्की, नापतौल तथा गुणस्तर कार्यालयका विपिन पुरी, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी, भेट अस्पताल कास्कीका मासु निरिक्षक डा.अनन्त कोइराला, महानगर पशुशाखा प्रमुख नवराज अधिकारी, महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेल र पत्रकारहरुको संयूक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समितिले दर्ता, मुल्यसुचि र सरसफाई नभएका र मापदण्डको पालना नगरी सञ्चालन गरेका २५ जना मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । २५ वटा मासु पसल अनुगमन गर्दा सबैमा खुल्ला रुपमा मासु राखेर विक्रि वितरण गर्ने गरेको, मुल्यसुचि नटाँसेको र सरसफाईमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ उहाँले भन्नुभयो,‘२५ जना मध्य आज १३ जनालाई ५ हजारका दरले जरिवाना सहित गल्ती नदोहोर्याउने सर्तमा छोडिएको र बाँकीलाई बुधबारको तारिख दिइएको छ ।’

 

‘सोमबार अनुगमन गरीएका सबै मासुपसल दर्ता नभएका र मापदण्ड विपरीत छन,’ बजार अनुगमन अधिकृत भरतराज पौडेलले भन्नुभयो ‘पसल सञ्चालकहरुलाई मापदण्ड पु¥याएर सञ्चालन गर्न निर्देशन दिएका छौ ।’ महानगरपालिकाका कार्यावाहक प्रमुख एंव अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले दशै र तिहारमा मासुको अत्यधिक प्रयोग बढने भएकाले मासुबाट अनुगमन सुरुवात गरिएको बताउनुभयो । यो अनुगमनको सुरुवात मात्रै हो उहाँले भन्नुभयो,‘अव नियमित रुपमा हुन्छ, खाद्यान्न लगायतका पसलहरुमा पनि हुन्छ’अनुगमन संयोजक गुरुङले भन्नुभयो ।उहाँले विगतमा भन्दा व्यवसायीहरु सुधारिएको र नागरिकहरु पनि सचेत भएको बताउनुभयो । पैसा तिरेपछि उपभोत्ताले गुणस्तरीय समान पाउनुपर्छ उहाँले भन्नुभयो, उपभोक्त पनि सचेत र सजग हुनुपर्छ । नागरिकको स्वास्थ्य प्रती महानगर गम्भीर छ ।

 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताउदै दर्ता नभएको र सरसफाईमा समस्या देखिएको बताउनुभयो । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुल्ला रुपमा राखिएको, मापदण्ड विपरित पसल सञ्चालन भएको र प्रजनन अंग पहिचान नभएका पशुको मासु विक्री भएको देखिएको बताउनुभयो ।पोखराको रामबजार,जिरो किमि,बगर, बसपार्क, ट्याक्सीचोक,अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन गरेको हो । त्यस्तै अनुगमन समितिले लिङ पहिचान नभएको शंकामा ७ केजी मासु जफत गरेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...