पाेखरा २५ का छ पसलमा महानगरकाे अनुगमन

पाेखरा, असाेज ११ गते ।पाेखरा महानगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएकाे छ ।नेपालीहरु ठुला चाडपर्व नजिकिँदै जादा बजार अनुगमन तिव्र पारेकाे हाे ।पाेखरा महानगरपालिकाकाे उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेकाे छ । पाेखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयाेजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयाे । अनुगमन अन्तर्गत आज मंगलबार पाेखरा २५ हेमजाकाे मिलनचाेकका छ वटा खाद्य पसलमा अनुगमन गरेकाे छ ।अनुगमनमा मुल्यसुचि नभएकाे, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेकाे अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकाेटाले जानकारी दिनुभयाे । अनुगमनमा छ सपसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिइएको सापकोटाले जानकारी दिनुभयाे । अनुगमनमा एकराज किराना पसलबाट म्याद नाघेका ३२४०, बैजनि किराना पसलबाट ५०० काे म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएकाे छ । त्यस्तै शुभकार्य मसला तथा झिलिङगा उद्योग, सन्देश किराना पसल, घामपानि सुपर मार्केटमा जाेख्ने सामग्रीकाे दर्ता नगरेकाे, पसल नविकरण नगरेकाे पाएकाले नविकरण गर्न र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पाेखरा २५ का वडा अध्यक्ष माेतिलाल तिम्सेनाले जानकारी दिनुभयाे । उहाँले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुराेध गर्नुभएकाे छ । उहाँ जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...