लेखनाथका पाँच पसलमा महानगरकाे अनुगमन

पाेखरा, असाेज १२ गते ।पाेखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएकाे छ । पाेखरा महानगरपालिकाकाे उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेकाे छ । पाेखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको हाे ।महानगर उपभोक्ता हित संरक्षण समितिकाे नेतृत्वमा अनुगमन गरिएको हाे । अनुगमन अन्तर्गत आज बुधबार पाेखरा २६ र २७ का पाँच वटा खाद्य पसलमा अनुगमन गरेकाे छ ।अनुगमनमा मुल्यसुचि नभएकाे, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघे खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएका फेला परेकाे अनुगमनमा सहभागी महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पाैडेलले जानकारी दिनुभयाे । अनुगमनमा छ पसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय तिनदिनभित्र उपस्थित हुन तारिख दिइएको जानकारी पाैडेलले दिनुभयाे । अनुगमनमा पाेखरा २६ काे राखि सप्लायर्सबाट म्याद नाघेकाे फेन्टा ७, मम मसला एक गरि ८२५, सेम्सा डिपार्टमेन्ट स्टाेर्सबाट फेन्टा चार र फुट कलर २ गरि ३१०, बिबिटि जनरल स्टाेर्स प्रालिलाई तिनदिनभित्र नापतौल कार्यालयमा उपस्थिति हुन म्याद दिइएकाे छ । त्यस्तै पाेखरा २७ काे थापा स्टाेर्समा ढक तराजु दर्ता र नविकरण नगरेकाे, झाेल सावुन र रसगुल्ला म्याद नाघेकाे २२२० रुपैया बराबरकाे नष्ट गरिएकाे छ । वडा नम्बर २७ कै डागन मार्ट प्रालिले पुजि कम राखि राजस्व कम तिरेकाे पाईएकाे अनुगमन समितिले जनाएकाे छ भने म्याद नाघेकाे कनफेक्स नष्ट गरिएको छ । पाेखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुराेध गर्नुभएकाे छ । उहाँ जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभएकाे छ ।अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय, वडाका जनप्रतिनिधि र उपभोक्ता मञ्च र पत्रकारकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...