महिलामा पहिले नै देखिन थाल्छ हृदयघातका लक्षण

काठमाडौँ। हृदयाघात आजको समयमा धेरै सामान्य भएको छ। युवापुस्तामा पनि हृदयाघातको समस्या देखिन थालेको छ। हृदयाघात गलत खाने बानी, सुस्त जीवनशैली, शारीरिक क्रियाकलापको कमी आदिका कारण हुन सक्छ। हृदयघात हुँदा मुटुको धमनीमा रगत जम्छ र रगतको प्रवाह अचानक बन्द हुन्छ। जसका कारण मुटुको मांसपेशी कमजोर हुन थाल्छ र मांसपेशीले बिस्तारै काम गर्न छोड्छ । यसलाई प्राविधिक रूपमा मायोकार्डियल इन्फेक्शन भनिन्छ, जसको अर्थ हृदयको मांसपेशीको मृत्यु हो।

ब्रिटिश हार्ट फाउन्डेसनका अनुसार पुरुषको तुलनामा महिलामा केही असामान्य लक्षणहरू देखिन्छन्, जुन उनीहरूमा हृदयघातको संकेत हुन सक्छ। त्यसैले पनि महिलाले यी लक्षणमा ख्याल राखे आउने समयमा ज्यान जाने खतराबाट बच्न सकिन्छ भनी विज्ञहरू बताउँछन् । त्यसोभए अब हामी महिलाहरूमा हृदयघातको प्रारम्भिक लक्षणहरू बारे जानौं।

पाचन समस्याहरू
द मिररका अनुसार अमेरिकन हार्ट एसोसिएशनको जर्नलमा प्रकाशित अनुसन्धानले पुरुष र महिलामा वाकवाकी लाग्नु पनि हृदयघातको मुख्य लक्षण हुनसक्ने उल्लेख गरेको छ । अनुसन्धानले पत्ता लगाएको छ कि हृदयघातका लक्षणहरू देखिएका ३४ जना महिलालाई वाकवाकी लाग्छ। एकै समयमा, महिलाहरूको तुलनामा २२ प्रतिशत पुरुषहरूले वाकवाकी अनुभव गरेका थिए। मुटु सम्बन्धी समस्याको लागि चेतावनी लक्षणहरू मध्ये एक हो जबडा, घाँटी, हात वा काँधमा दुखाइ हुनु हो।

पाखुरा झमझमाउने

लामो समयसम्म गलत पोजिसनमा सुत्नु वा हातको अत्याधिक प्रयोग जस्ता हातमा झनझन वा सुन्निने धेरै कारण हुन सक्छन्। अनुसन्धानका अनुसार एक वा दुवै हातमा एक्कासी सुन्निने महसुस हुनु हृदयघात, पक्षघात वा स्ट्रोकको संकेत हुनसक्छ। यद्यपि गठिया जस्ता अवस्थाहरूले पनि हातहरू सुन्निने कारण हुन सक्छ, तर मुटुको समस्या हेर्नु पहिलो कामहो।

अन्य लक्षणहरू

ब्रिटिश हार्ट फाउन्डेशनले महिलाहरूमा हृदयघातको लागि अन्य चेतावनी संकेतहरू पनि सुझाव दिएका छन्। महिलामा यस्ता लक्षण देखिए तुरुन्तै विशेषज्ञलाई भेट्नुपर्ने उनको भनाइ छ । यी चेतावनी चिन्हहरूमा छाती दुखाइ, असुविधा, छातीमा दबाब आदि समावेश रहेको छ।

हृदयघातको लक्षण भनेको तपाई बिरामी हुनु पनि हुन सक्छ। हल्का टाउको दुख्ने वा सास फेर्न गाह्रो हुन सक्छ।
– खोकी लामो समयसम्म रहन सक्छ।
– पैनिक अटैक जस्तै महसुस हुन सक्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...