ऋणमा डुबेकी महिलाले चिकेन स्यान्डविच मगाइन्, भित्रबाट ७० हजार नगद निस्किएपछि…

काठमाडौं । ऋणमा डुबेकी एक महिलाले केएफसीको चिकेन स्यान्डविच मगाइन् । तर, प्याकेटबाट ७० हजार रुपैयाँ निस्किएपछि महिला छक्क परिन् । ती महिलाले चिकेन स्यान्डविच टेकअवे झोलामा प्याक गरी घर लैजाँदै थिइन्। अचानक प्राप्त भएको सबै पैसा महिलाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिन् । प्रहरीले पनि महिलाको इमानदारीको प्रशंसा गरेको छ ।

जोआन ओलिभर जर्जिया (अमेरिका)की हुन्। दिउँसोको खानामा उनले चिकेन स्यान्डविच खान थालेपछि स्यान्डविच मुनिबाट खाममा ७० हजार रुपैयाँ (५४३ डलर) भेटिन् ।

डेलीस्टारको रिपोर्ट अनुसार जोआन अहिले ऋणमा छिन् । त्य्तो हुँदा पनि यो पैसा देखेर उनले प्रहरीलाई फोन गरिन् । ठट्टा गर्दै उनले आफूसँग त्यो पैसाले किनमेल गर्ने विकल्प पनि रहेको र तेलले कारको ट्याङ्की पनि भर्न सकिने बताइन् ।

डब्ल्यूएसबी टिभीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले नोट गन्न थालेँ, जम्मा ५४३ डलर थियो । मैले तुरुन्तै खाममा फिर्ता राखें। त्यसपछि खाम बन्द गरें । त्यही क्रममा अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।

यसै क्रममा ज्याक्सन प्रहरीको अनुसन्धानले केएफसीको रकम संयोगवश जोआनको झोलामा गएको खुलासा भएको छ । पुलिसले फेसबुकमा जोआनलाई धन्यवाद भनेको छ। फेसबुक पोस्टमा प्रहरीले लेखेको छ– जोआनले सही काम मात्र गरिनन्, उनले म्यानेजरको जागिर पनि बचाइन् । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले जोआनको इमानदारीको प्रशंसा पनि गरेका छन्।

विगतमा पनि कसैले अचानक नगद पाएपछि यस्ता घटनाहरु बाहिर आएका छन् । यस वर्षको मे महिनामा एक व्यक्तिले आफ्नो घर मर्मत गरिरहेका थिए। त्यसपछि उनले खामभित्र ४ लाख रुपैयाँ भेटे । माओमुन्डोग नामका एक प्रयोगकर्ताले आफ्नो कथा रेडिट मा साझा गरे।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...