कारको नम्बरबाट संयोगले यौनजन्य शब्द बन्यो, त्यो नम्बरप्लेट किन्न करोडौं रूपैयाँ तिर्ने होडबाजी

काठमाडौं । कार वा मोटरसाइकलको भिआईपी नम्बर प्लेट लिन धेरैलाई मन लाग्छ, यसका लागि सौखिनहरू जतिसुकै पैसा खर्च गर्न पनि तयार हुन्छन् । नम्बर प्लेटको सोही अनुसार मूल्य निर्धारण गरिन्छ। बेलायतमा एक नम्बर प्लेट (ORG 45M) २.३ करोड रुपैयाँ (१.५ लाख पाउण्ड) मा बिक्री भइरहेको छ।

कतिपयका अनुसार यो नम्बर प्लेट ORG 45M लाई ‘Orgasm’ भनेर पनि पढ्न सकिन्छ। यो शब्दको नेपालीमा अर्थ चरमसुख हुन्छ । यही कारणले गर्दा यो नम्बर प्लेटको मूल्य यति धेरै छ ।

सन् १९९५ मा यो नम्बर प्लेट ५० हजार पाउण्डमा बिक्री भएको थियो । त्यसपछि यो केन्ट (युके) मा बस्ने ६१ वर्षीय एलन बर्कले किनेका थिए। एलनले आफ्नो कारमा यो नम्बर प्लेट लगाएका थिए तर उनकी श्रीमतीले उनीसँग यो कारमा यात्रा गर्न अस्वीकार गरेकी थिइन् ।

यो नम्बर प्लेट बेलायतमा फेरि एकपटक अनलाइन वेबसाइट regtransfers.co.uk मा बिक्री हुने भएको छ। वेबसाइटसँग सम्बद्ध एन्जेला बाहनले भनिन्, यो नम्बरले धेरैलाई आकर्षित गरिरहेको छ । यो महँगो छ तर धेरै भन्दा फरक छ।

बेलायतमा अहिलेसम्मकै सबैभन्दा महँगो नम्बर प्लेट ५ लाख पाउण्डमा बिक्री भएको छ । उक्त व्यक्तिले फेरारी २५० को ‘25 0’ नम्बर प्लेट लिएका थिए । ‘मिरर’को रिपोर्टका अनुसार नम्बर प्लेटको विश्व कीर्तिमानी मूल्यको कुरा गर्ने हो भने त्यो साउदी नागरिकको नाममा छ । उनले ‘१’ नम्बरको गाडीको नम्बर प्लेट १ करोड पाउण्डमा किनेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...