गठबन्धनको बैठकः मंगलवार पनि जुटेन सहमति, टीका लगाएर आज थप छलफल हुने

सत्तारूढ गठबन्धन आगामी निर्वाचनमा सिट बाँडफाँटबारे टुंगो लगाउन असफल भएको छ । मंगलवार अपराह्नदेखि गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे सहमति जुटाउन छलफलमा बसे पनि सहमति हुन नसकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्ष नेता, तथा सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भएको थियो । तर, मंगलवारको बैठकमा पनि दलहरूबीचको दोहोरो दाबीबारे सहमति हुन नसकेको एक नेताले बताए । बैठकमा सहमति नजुटेपछि आज पुनः छलफल गर्ने गरी हिजाेकाे बैठक टुंगिएको ति नेताले बताए ।

गठबन्धनका नेताहरू बिच आज दशैंको टीका ग्रहण गरेर छलफल हुनेछ । नेताहरूबीच आज दिउँसो ३ बजे पुन प्रधानमन्त्री निवासमै छलफल हुने तय भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गएको छ । निर्वाच आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने दिन तोकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...