सशस्त्र र पुलिस महिला क्रिकेटको उपाधिका लागि भिड्ने

सशस्त्र प्रहरी बलको एपीएफ क्लव र नेपाल पुलिस क्लव पोखरामा जारी नवौं महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन् । सोमबार भएको खेलमा एपीएफले लम्बिनी प्रदेशलाई तथा पुलिसले वागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

सोमबारको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेश ६७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाम गराइन् ।

 

पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् । प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए ।

अर्को सेमिफाइनलमा पुलिसले वागमती प्रदेशमाथि ३६ रनको जित निकालेको हो । पहिला व्याटिङ गरेको पुलिसले काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रनमा ४ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । प्रत्युत्तरमा वागमतीको पारी ८७ रनमै समेटियो । वागमतीले पुरा २० ओभरमा ८ विकेट गुमाउँदा पुलिसका बलरहरु कविता कुँवरले ३, इश्वरी विष्टले २ तथा रुविना क्षेत्री र संगिता राइले समान १–१ विकेट लिए । वागमतीको तर्फबाट सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाए । वागमतीका बलरहरु अस्मिना कर्मचार्य, खुसी डंगोल र सुमन खतिवडाले समान १–१ विकेट लिए । खेलमा पुलिसका कविता कुँवर प्लेयर अफ द म्याच भइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...