नवौ राष्ट्रिय खेलकुदमा दोहोरीगीत प्रर्दशन

पोखरा, कात्तिक ३ गते । पोखरा रंगशालामा दोहोरी घन्कियो । बुधबार साँझ चर्चित कलाकारहरुवीचको दोहोरीले माहोल तातियो । बिस्तारै साँझपख चिसो बढदै जादाँ दोहोरीले गर्मियो पोखरा रंगशालाको बास्केलबट कोर्ट ।

२०४० सालपछि दोहोरीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रर्दशन खेलका रुपमा समावेश गरियो । प्रर्दशनी खेलका रुपमा कलाकारले दोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिए । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शन खेलको रुपमा समावेश दोहोरीको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले दोहोेरीगीत खेल भएको बताउनुभयो ।

उहाँले कर्णालीमा हुने दशौं खेलकुद प्रतियोगितामा दोहोरीलाई प्रतियोगिताको रुपमा सहभागी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले गण्डकी प्रदेश लोकसंस्कृतिमा धनी रहेको समेत बताउनुभयो । लोकदोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले २०४० देखि २०४६ सालसम्म लोेकदोहोरीगीत प्रतियोगिताको रुपमा समावेश भएपनि त्यसपछि लोकदोहोरीमा प्रजातन्त्र नआएको बताउनुभयो । कार्यक्रममा लोकदोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका सचिव जीवन दाहाल लगायतले लोकदोहोरीलाई प्रतियोगिताको रुपमा सहभागी गराउन सदस्यसचिव घिसिङसंग माग आग्रह गर्नुभयो ।

 

कार्यक्रममा लोक दोहोरीगीत प्रतिष्ठान पूर्वअध्यक्ष चन्द्र शर्मा, लोकदोहोरी कलाकारहरु दिपक खड्का, शंकर विरही गुरुङ, कुमार पुन, सरला पाण्डे, युवराज मगर, तारापति सुवेदी, धनश्याम रिजाल, राजन कार्की, माया गुरुङ, अमर धिताल, सविना गुरुङ, शिवहरी ढुंगाना, तुलसा क्षेत्री, रचित पौडेलले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा म्याग्दीको मौलिक थाली नृत्य र कलाकार दिपक थापाको कमेडी नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । लोकदोहोरीगीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश वि.जीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव जीवन दाहालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...