कराँतेमा पुलिसलाई सर्वाधिक स्वर्ण

कराँतेका १९ स्वर्ण पदकमध्ये विभागीय नेपाल पुलिसले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै आफ्नो बर्चस्व कायम गरेको छ ।

असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमिकभर्ड हलमा भएको करातेको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ काँस्य पदकसहित १७ पदकमा पुलिसले पहिलो स्थान कायम राखेको हो ।

एपीएफले ५ स्वर्ण, २ रजत र ७ काँस्यसहित १४ पदकका साथ एपीएफले दोस्रो स्थान कब्जा गरेको छ । तेस्रो स्थानमासमेत विभागीय टीम नै हाबी छ । आर्मीले २ स्वर्ण, ५ रजत र १ काँस्य गरी ८ पदक हासिल गर्न सफल भएको छ ।

कराँतेमा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्य गरी ८ पदक हात पारेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्णसहित ६ काँस्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ काँस्यमा चित्त बुझाएको छ । प्रदेश १ ले ३ रजत र ६ काँस्यपदक प्राप्त ग¥यो । लुम्बिनीले १ रजत र ३ काँस्य पदक प्राप्त गर्दा कर्णालीले भने २ काँस्यमा चित्त बुझाउनुप¥यो ।

कर्णाली प्रदेशले २ काँस्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ काँस्यमा चित्त बुझाएको छ । कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ काँस्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले पदक वितरण गरेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...