पोखरा महानगरको अनुगमन : प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

पोखरा, कात्तिक ६ गते ।पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो ।

प्लाष्टिकको फुल माला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भन्नुभयो,‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ ।विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यसायीले गुनासो गरेपनिपछि आफैले हटाएर सहयोग गर्नुभयो ।’ चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उहाँले भन्नुभयो, ‘अहिले सचेत मात्रै गरेका छौ फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ ।’

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।
महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सानोदेखि होलसेल पसल सम्म अनुगमन गरिएको बताउनुभयो ।प्लाष्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।‘प्लाष्टिकजन्य फुलमाला विक्री वितरणमा रोक लगाउर्दा स्थानीय फुलले बजार पाउने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाई कम गर्छ ।’


पोखराको महेन्द्रपुलमा रहेको प्लाष्टिकको फुलगुच्छा, माला विक्री गर्ने होलसेल सुधा साहुको पुजा सामग्री भण्डार, दिनेश सप्लायस नयाँ बजार, पुजा सामाग्री पसल नयाँ बजार, सृजना स्वस्तिक पसल, गणेश पुजा समाग्री, एनएस फोटो फ्रेम एण्ड गिफट कलेक्सन, एचपिएस फ्रेम कलेक्सन सेन्टर, न्यू लभ एण्ड लिभ्स, तिवारी फेन्सी, ओम झरना पुजा सामग्री, मञ्जु एग्रो टेडस, रोसीका पुजा सामग्री, गीता प्रशंसा भाडा पसल, बराल भाडा पसल एण्ड पाल्पा सप्लायर्समा अनुगमन गरिएको हो ।


त्यस्तै खुश्वु गिफ्ट सप, आर्दश दुध विक्री केन्द्र, प्रकृति एण्ड प्रतिक कस्मेटिक पसल, प्रथमा टेडिङ, पशुपति पुजा सामग्री भण्डार, निलगिरी होटल, पृथ्वी सेल सेन्टरलाई प्लाष्टिकका फुलका माला विक्री वितरण नगर्न र अव उप्रान्त विक्री वितरण गरेमा कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको महानगर कृषि शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयले गत साउन १२ गते राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निणर्य गरेको थियो ।

 

चाडपर्व निजिकिदा तिहार र छठ जस्ता चाड पर्वहरुमा यस्ता प्लाष्टिकजन्य फुल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न सबैलाई अनुरोध परेको थियो । विभागले उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा(४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार सम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने समेत जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...