डेंगु संक्रमणबाट अहिलेसम्म ५३ जनाको मृत्यु, ४६ हजार ४१३ जनामा संक्रमण

 नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ५३ जनाले ज्यान गुमाएका छन् । यस्तै, अहिलेसम्म ४६ हजार ४१३ जनामा डेंगु पुष्टि भएको छ । यो वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ । हालसम्म देशभरका ७७ जिल्लामा डेंगु संक्रमण फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...