सदस्य सचिव र नेसाका पदाधिकारी विच भेटबार्ता

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेसा (नेपाल ईस्पोर्टस् संघ)का पदाधिकारीविच आज बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ ।


संघका अध्यक्ष सुरज डङ्गोलको नेतृत्वमा भएको भेटघाटमा मित्र राष्ट्र चीनमा आयोजना हुने १९ औं एशियन गेम्समा ईस्पोर्टसको सहभागिताका सम्वन्धमा र आगामी दिनमा परिषद्बाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो ।

 

सदस्य सचिव घिसिङले ईस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने बिश्वास दिलाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...