‘विदेश जाने मायालु’ बजारमा

 पोखरा /४० को दशकको चर्चित गीत ‘विदेश जाने मायालु’ बोलको म्युजिक भिडियो रिमेक सहित बजारमा आएको छ। कुनै बेला नेपाली संगीत पारखीको रोजाइमा पर्न सफल गीतलाई झण्डै चार दशकको अन्तरलाल पछि निर्देशक रोहन नेपालीले गीतको भिडियो तयार पारेका हुन्।

लिजेण्ड: गायक, कम्पोजर, एरेञ्जर, गिटारिस्ट दीपक थापाको स्वरमा कुनै समय स्रोताको जनजनमा- मनमनमा बस्न सफल गीतलाई पोखरामा भिडियो सहित गायक थापाको उपस्थितिमा बिमोचन गरियो। थापाले आफ्नै स्वरमा रेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका हुन्।

म्युजिक भिडियोलाई पछिल्लो समयको चल्तीका निर्देशक रोहन नेपालीले पोखरामै तयार पारेका हुन्। भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, एरिशा गुरुङ र अनमोल रानाको अभिनय रहेको छ।

पोखरा आसपासको सुन्दर ठाउमा छायांकन गरिएको भिडियोलाई मिलन शंकरले कलात्मक रुपमा खिचेका छन्। ‘विदेश जाने मायालु’लाई भिडियोमा पनि तीन पुस्ताको प्रेमकहानीलाई देखाइएको छ।

भिडियोको बिमोचन कार्यक्रममा बोल्दै गायक थापाले पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतलाई फेरि नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताए। उनले ‘विदेश जाने मायालु’ आफ्नै कथा भएको पनि सुनाए । उनले भने,’ सबैको मायाको आशा सहित भिडियो आएको छ। अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए। अबको जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ, मिठो लाग्नेछ ।’

बिमोचन कार्यक्रममा गायक बिनोद बानियाले पोखराले पनि राम्रो काम गर्न सक्छ भन्ने कुरालाई ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो हेरेपछि धरेलाई थाहा हुने बताए। गायक बानियाले यस्ता खालका भिडियोले सांगीतिक क्षेत्रलाई पनि सकारात्मक फाइदा पुग्ने बताए।

भिडियोका निर्देशक रोहन नेपालीले लिजेण्ड गीतलाई आफ्नो निर्देशनमा तयार पार्न पाउदा खुशी लागेको बताए। उनले गीतको बोल अनुसार नै आफुले भिडियो बनाएको बताए।

कार्यक्रममा पत्रकार जमुना वर्षा शर्माले पछिल्लो समय पोखराको सांगीतिक क्षेत्र चलायमान हुदै गएकोमा ‘विदेश जाने मायालु’ले थप टेवा पुग्ने बताईन। पत्रकार शर्माले गीतको भिडियोले सबैको कथा बोलेको पनि बताईन।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...