कास्की ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका दामोदर विजयी

पाेखरा,मंसिर ।कास्की क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।नेकपा एमालेका उम्मेदवार  दामोदर पौडेल बैरागी ले ५४४५ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रामजी बराललाई पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिकाे यात्रा तय गरे । दामोदरले २२९८० ल्याउदा निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्र, रामजी बरालले  १७५३५ मत प्राप्त गरे ।राष्ट्रिय स्वतन्त्र पार्टीका  योगराज पौडेलले १२१८० मत ल्याए ।
यता प्रदेश सभा तर्फ कास्की ३(२) मा काँग्रेस उम्मेदवार प्रकाश बराल विजयी भए ।बरालले १२३६७ ल्याएर निर्वाचित हुदा नेकपा एमालेका राजीव पहारीले ११९०२ मत ल्याए ।बराल ४६५ मतान्तरले विजयी भए ।पहारी गत २०७४ सालकाे निर्वाचनमा साेहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...