घरमा आगलागी हुँदा १० को मृत्यु, नौ जना घाइते

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।

यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...