समानुपातिकमा एमाले पहिलो, माओवादीलाई उछिन्दै तेस्रोमा आयो रास्वपा

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमालेको २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३९ मत पाएर दोस्रो स्थानमा छ ।

समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ र जनमत पार्टीले २ लाख ६२ हजार ८२६ मत ल्याउन सफल भएका छन् ।

यस्तै, थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ , नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२ र लोकतान्त्रिक समाजवादी नेपनल पार्टीले १ लाख २७ हजार ९२८ मत प्राप्त गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...