पहिरोमा परी चौधको मृत्यु, केही हराए

क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीम पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।

यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए ।

त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...