सुन-चाँदीको भाउ सामान्य बढ्यो

बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...