महिलालाई सक्षम बनाउन तालिम

पोखरा,  मंसिर १५ गते ।महिलालाई सीप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले विभिन्न तालिम, सेमिनार, अनुदान, अन्तक्र्रिया भइरहन्छन् । यही उद्देश्यले बिहीबारबाट एक हप्ते नम्किन, दुनट बनाउने र प्याकेजिङ तालिम सुरु भएको छ ।


शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ‘सक्षम महिला, समानान्तर पाइला’ कार्यक्रम अन्तर्गत प्रेरणा नेपाल कास्कीले तालिम आयोजना गरेको हो । २० प्रशिक्षार्थी सहभागी तालिम पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुुरुङले सुरुआत गरिन् । आर्थिक रुपमा आत्मनिर्भर भए लैंगिक समानता, हिंसा न्यूनीकरणका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ ।

महिलाको उत्थान र सशक्तीकरणका लागि ३ तहकै सरकार र नागरिक समाज मिलेर काम गर्नु जरुरी रहेको उनको भनाइ छ । उपमेयर गुरुङले भनिन्, ‘आधा आकासलाई आधा ठाउँ नदिएसम्म समृद्धि सम्भव छैन । यसका लागि सबै तहका सरकार र नागरिक समाजको सहकार्य जरुरी छ ।’तालिमकका प्रशिक्षक महेश श्रेष्ठले १ हप्तामै दुनोट र नम्किन बनाउने सीप सिक्न सकिने बताए । चाडै सिक्न सकिने र बजारको समस्या पनि नरहेकाले यसबाट लाभ लिन उनले प्रशिक्षार्थीलाई आग्रह गरे ।

संस्थाकी अध्यक्ष मीना गुरुङले प्रेरणा नेपालले नाम जस्तै महिलालाई अघि बढाउन प्रेरणा दिने गरी काम गर्ने बताइन् । उनले भनिन्, ‘हामीकहाँ कुरा धेरै भयो, हामी काम नै गरेर, सीप सिकाएर, उत्प्रेरित गरेर महिलालाई अघि बढाउन लाग्छौं ।’ गत वर्ष स्थापना भएको प्रेरणा नेपालले महिला सशक्तीकरण, सचेतना र आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्ने लक्ष्य लिएको छ । कार्यक्रम सञ्चालन दीपा शर्माले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...