फेवा किनारमा सडक महाेत्सव पुस १३ देखि

पाेखरा, मंसिर २२ गते ।पाेखराकाे फेवाताल किनारमा सडक महाेत्सव हुने भएकाे छ । अंग्रेनजी नयाँ वर्षको अवसरमा पाेखराकाे फेवा किनारमा २४ आै पाेखरा सडक महाेत्सव आयाेजना गर्ने तयारी गरिएकाे आयाेजक रेष्टुरेण्ट एण्ड बार एशाेशिएसन (रेवान) पाेखराले जनाएकाे छ  ।महाेत्सव पुस १३ देखि १७ गतेसम्म संचालन हुने आयाेजक रेवान पाेखराले पत्रकार सम्जमेलनमा जानकारी गराएकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ बर्षकाे गन्तव्य स्थल काे रुपमा प्रवर्द्वन गर्ने उदेश्यले लेकसाइडकाे ३ कि.मी. क्षेत्रमा महाेत्सव हुने रेवान पाेखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । सडकमै खाउ, सडकमै रमाउँ  भन्ने उदेश्य सहित हुने महाेत्सव ४ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा गरिएको आयाेजकले गरेकाे छ ।महाेत्सवमा साँस्कृतिक कार्यक्रम, माैलिक भेषभुषा, प्रर्दशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाकाे प्रर्दशन,दाेहाेरी गित प्रतियाेगिता, झाँक्री प्रर्दशन, रात्रिकालिन कन्सर्ट, बाेट रेस, खुल्ला भेटान टेनिस प्रतियाेगिता, वेटर रेस, टगफअफ वार र पाेखराका प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन लगायतका गतिविधि रहने छन ।महाेत्सवले नेपालकाे आर्थिक विकासको प्रमुख आधार रहेकाे पर्यटन क्षेत्रले विदेशी मुदा आर्जन, राेजगारी सृजना, विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने उदेश्यले आयाेजना हुने महाेत्सवले समग्र पाेखराकाे पर्यटन प्रबर्द्वन हुने अपेक्षा गरिएकाे अध्यक्ष भट्टराईले बताए ।महाेत्सवमा ८५ लाख काराेवार हुने र ७० लाख खर्च भै १५ लाख वचत हुने अनुमान रहेकाेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...