वरिष्ठ नृत्य निर्देशक गौरी गुरुङ एकल साँझको तयारी अन्तिम

पोखरा, पुस ५ गते ।पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६१ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को पुस ९ गते पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ हुने भएको छ।नेपाली लोक सँस्कृति बचार्औ मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको अन्तिम तयारीमा जुटेको छ।

सानैदेखि नाच्ने भनेपछि हुरुक्कै हुने नृत्य निर्देशक गुरुङ पोखरामा कलाकारको अभावमा खास गरी महिला कलाकारको अभावमा सानैदेखि स्टेजमा महिला भएरै नाच्दै आफ्नो फरक पहिचान गर्दै आएकाछन्। हिमाली साँस्कृतिक परिवार लगायत विभिन्न साँस्कृतिक समुह,संघसंस्था र विद्यालयहरुमा गरी हजारौंलाई प्रशिक्षित गराइसक्नु भएको गुरुङको पहिलो एकल साँझ अत्यन्तै उदाहरणीय कार्यक्रम हुने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो। उमेरले छ दशक पार गरिसक्नु भएका वरिष्ठ नृत्य निर्देशक, कलाकारको एकल साँझको आयोजना गर्न पाउदा हिमाली साँस्कृतिक परिवार अत्यन्तै शौभाग्यशाली भएको भन्दै अध्यक्ष थापाले एकल साँझका लागि सबैको साथ सहयोग र सद्भावले भव्य हुने बताउनुभयो।

 

एकल साँझ जीवनको एउटा ऐतिहासिक कार्यक्रम समेत भएकाले वरिष्ठ नृत्य निर्देशक गौरी गुरुङले अत्यन्तै राम्रो तयारी र हिमाली साँस्कृतिका परिवारका नृत्यनिर्देशक र कलाकारहरुले साथ दिदै आउदा प्रस्तुतिमा मेरो पनि सहभागिताको महत्वपुर्ण अवसर ठानेको उपाध्यक्ष श्रीजंग गुरुङले बताउनुभयो।कार्यक्रममा नाचेरै साथ दिनका लागि अर्का वरिष्ठ नृत्य निर्देशक गम्भीर बर्देवा पनि कस्सिदै गुरुको नाउमा तीस वर्षपछि मञ्चमा आफ्नो पनि प्रस्तुति रहेको बताउनुभयो।

 

एकल साँझले पाक्दै गरेको उमेर र थाक्दै गएको शरिरमा पुर्नउर्जा थपिएको नृत्य क्षेत्रका धरोहर एकल साँझका केन्द्र बिन्दु बुद्धिप्रसाद गुरुङ गौरीले बताउनुभयो। एकल साँझ सफल बनाउन हिमाली साँस्कृतिक परिवारका संरक्षक ८४ वर्षिय नरबहादुर शेरचन काका, मानार्थ सदस्यज्युहरु, सल्लाहकारहरु जस्ता अभिभावकहरु जुटिरहनु भएकाले आफुमा अझै शक्ति प्राप्त भएको उहाँको भनाई थियो। कार्यक्रमबाट केही रकम वचत भएमा नृत्य क्षेत्रमै सघाउने इच्छा रहेको गुरुङले बताउनुभयो।

 

कार्यक्रममा एक दर्जन वढि प्रस्तुतिमा वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारका पुरानादेखि नयाँ कलाकारहरुको मञ्चमा साथ रहने नृत्य निर्देशक सनबहादुर गुरुङले बताउनुभयो।

 

एकल साँझका लागि गण्डकी प्रज्ञाप्रतिष्ठान,पोखरा महानगरपालिका, पोखरा प्रज्ञाप्रतिष्ठान, विभिन्न संघ संस्था, समाज, विद्यालय लगायत कलाकार एवम् शुभेच्छुकहरुले देशविदेशबाट साथ रहेकाले सहयोगको क्रम जारी रहेकोमा हिमाली साँस्कृतिक परिवारका कोषाध्यक्ष महादेव न्यौपानेले खुशी व्यक्त गर्नुभयो।

 

कार्यक्रमका संयोजक हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष गजबहादुर गुरुङले पाँच दशक नृत्य क्षेत्रमा क्रियाशिल बुद्धिप्रसाद गुरुङ गौरीको एकल साँझ ऐतिहासिक हुने भन्दै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै पुस ९ गते पोखरा सभागृहमा निशुल्क प्रवेश रहेको कार्यक्रममा शुभेच्छुक शुभचिन्तक दर्शकहरुलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गर्नुभयो।

 

एकल साँझको अन्तिम तयारीमा जुटिरहेका हिमाली साँस्कृतिक परिवारका कलाकारहरु अत्यन्तै उत्साहित हुदै आफुहरु गौरी गुरुकै कारणमा नेपाल लगायत विदेशका मञ्चहरुमा समेत प्रस्तुत हुन पाएको र गुरुको एकल साँझमा साथै प्रस्तुति हुन पाउनु ठुलो अवसर भएको बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...