संकटालाई २२ औं आहा रारा गाेल्ड कपकाे उपाधि

२२आै आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे उपाधि संकटा क्लब काठमाडौंले जितेकाे छ ।

दाेश्राे पटक उपाधि जित्दा संकटाले सात समुन्द्र पारिबाट आएकाे युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई ३-२ गाेलले पाखा लगाउदै उपाधि जितेकाे हाे ।

संकटाले १९ आै संस्करणमा पनि विदेशी टाेली अफ्रिकन रुट्स टाइब्रेकरमा ४-२ गाेलले हराउँदै पहिलाे पटक आहा राराकाे उपाधि उचालेकाे थियाे ।पाेखरेली मैदानमा दाेश्राे पटक उपाधि जित्न पनि विदेशी टाेलिलाई पन्छायो ।

 

संकटाले खेलकाे आठौं मिनेटमा गाेलकाे खाता खाेल्याे ।निशान खड्काले गरेकाे पासलाई विपक्षी गाेल रक्षक पुजन थापा मगरले बचाउ गर्दै रिबाउण्ड भएकाे बललाई गाेलमा परिणत गरे ।संकटाले दाेश्राे गाेल खेलकाे ३५ आै मिनेटमा गर्दै अग्रता दाेब्बर बनायाे । टिमका लागि दाेश्राे गाेल  विदेशी खेलाडी मेसुकेले गरे ।

 

दुई गाेललेपछि परेकाे भुटानीज क्लवले उत्कृष्ट पुनरागमन गर्दै ३७ आै मिनेटमा गाेल गर्दै अन्तर घटाउदै २-१ काे अवस्थामा ल्यायाे । भुटनीजका लागि पहिलाे गाेल रेने सेान्टिलाेनले गरे । खेलमा लय समाउदै भुटनीजले पहिलाे हाफको अतिरिक्त समयमा गाेल गर्दै खेल २-२ काे बराबरीमा ल्याउदै पहिलाे हाफ टुंग्यायाे । दाेश्राे हाफ्मा दुबै टिमले गाेलका लागि प्रयास गरेपनि सफल हुन नसक्दा निर्धारित ९० मिटेटकाे खेल २-२ मा टुंगियो । खेलकाे जितहारकाे नतिजाका लागि खेल  अतिरिक्त समयमा धकेलियाे ।

 

अतिरिक्त  समय ३० मिनेट थपियाे ।थप गरिएकाे १५ आै मिनेटमा संकटाका कप्तान सुनिल बलले टिमका लागि तेस्रो गाेल गर्दै दाेश्राे पटक आहा रारा गाेल्ड कपकाे उपाधि जित्याे । संकटाले उपाधि सहित १२ लाख जित्दा उपविजेता भुटनीजले ६ लाखमा चित्त बुझायाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...