कुश्मामा लायन्स लेकसिटीको आँखा शिविर

पोखरा,पुस २६ गते  । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय माविमा मंगलबार आँखा जाँच शिविर सम्पन्न भएको छ ।


हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २२० जनाको आँखा परीक्षण गरिएको लायन्स क्लब अफ लेकसिटी एवं कार्यक्रमका अध्यक्ष कैलाशदेव पालिखेले जानकारी दिए । तीमध्ये २१ जनाको विशेष उपचार र ६७ जनालाई निःशुल्क औषधि वितरण गएिको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिलायन्स क्लब इण्टनेसनल ३२५ के नेपालका साइट फस्र्ट चिफ टोपबहादुर थापाले आँखा परीक्षण शिविर आयोजना गरेर उदाहरणी कार्य गरेको बताए । विशेष अतिथि शिवालय मावि व्यवस्थापन समिति अध्यक्ष तथा कुश्मा ६ का वडाध्यक्ष इश्वर गिरीले पछपछिल्लो समय बढ्दै गएको आँखाको समस्या निरुपणमा यस्ता कार्यक्रमले सघाउने विचार व्यक्त गरे ।

 

हिमालय आँखा अस्पतालका दृष्टिरोग विशेषज्ञ डाक्टर नविन बरालले बेलेमा आँखा जाँच गराए दृष्टिविहीन हुनबाट बच्न सकिने बताए । कार्यक्रममा लायन्स पोखरा लेकसिटीका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संचालक तथा नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका सदस्य नारायण शर्माले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...