पाेखरा वडा १५ मा खेलकुद महोत्सव

पोखरा, पुस २७ गते ।पाेखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा शुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सय बढी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्दै हुनुहुन्छ ।

बन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखिनै खेलको अनौपचारिक शुरुवात भएको छ । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्रि भक्त गुरुङ्गलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेलको शुरुवात गर्नुभयो ।

 

‘औपचारिक उद्घाटन बिहीबार हुदैछ, सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु ग¥यौं’वडाध्यक्ष बानियाँले भन्नुभयो ।

 

प्रतियोगिता संयोजक समेत रहनुभएका वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरियमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् ।

 

त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाहरुको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।

वडाको युवा लक्षित कार्यक्रम अन्र्तगत बृहत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिनुभयो ।

 

‘स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो’ भण्डारीले भन्नुभयो ।

 

यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर वर्षेनी सञ्चालन गरिने उहाँको भनाई छ । पुष ३० गते सम्म यो प्रतियोगिता सञ्चालन हुने आयोजक वडा समितिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...