घिमिरेलाई नागरिक अभिनन्दन

इटहरी, पुस २७ गते । इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने भएको छ । सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित घिमिरेलाई आगामी माघ २७ गते अभिनन्दन गर्न लागिएको हो ।

 

घिमिरेको अभिनन्दनका लागि कवि अनिल पौडेलको संयोजकत्वमा समिति बनेको छ। ताप्लेजुङ साँघुमा जन्मिएर इटहरीमा कर्मथलो बनाएर बसेका घिमिरेलाई ७८ वर्ष उमेर पुगेका दिन अभिनन्दन गर्न लागिएको हो । इटहरीमा यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने र मजदुर नेता ओम कोइरालाई अभिनन्दन गरिएको थियो । नेता कोइरालाको निधन भइ सकेको छ।

 

शैक्षिक क्षेत्रको उन्नयनमा जीवनको उर्जा लगानी गरेका घिमिरेको अभिनन्दनकै क्रममा सयभन्दा बढी लेखकले लेखेका सामग्रीसहितको ग्रन्थ पनि प्रकासन हुने भएको छ। ग्रन्थ प्रकाशसनका लागि सम्पूर्ण सामग्री तयारी भएको संयोजक पौडेलले बताउनुभयो ।

 

उहाँका अनुसार समाजमा योगदान पु¥याउने अनि अग्रजलाई सम्मान गर्नका लागि नयाँ पुस्तालाई संस्कार सिकाउन पनि यस खाले नागरिक अभिनन्दनले सहयोग पुग्नेछ ।
खासगरि इटहरीको इतिहास निर्माण गर्ने र भविष्यमा इतिहास बन्न सक्ने विविध क्षेत्रका व्यक्तिको पहिचान गरि नागरिक अभिनन्दन गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।

 

अभिनन्दनका क्रममा झाक्रीसहित इटहरी बजार परिक्रमा गरिनेछ । घिमिरेलाई अभिनन्दन गर्न त्यसको तयारीका लागि मुल आयोजक समितिसँगै आर्थिक, प्रचारप्रसार, व्यवस्थापनलगायतका अलग अलग समितिले युद्दस्तरमा काम गरि रहेको मुल समितिको सचिव सागर भट्टराईंले बताउनुभयो । प्रचारप्रसारका लागि इटहरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने सम्पूर्ण पत्रकारलाई प्रिन्ट, अनलाइन, रेडियो र टेलिभिजन विभाग छुट्याएर जिम्मेवारी प्रदान गरिएको छ ।

 

प्रचारप्रसार समितिले पत्रकारसँग बुधबार एक छलफल कार्यक्रम समेत आयोजना गरियो । सो क्रममा पत्रकार सुविद गुरागाईंले घिमिरेको नागरिक अभिनन्दनबारे चर्चा–परिचर्चा इटहरी कार्य क्षेत्र बनाएर काम गर्ने पत्रकारले सञ्चार गृहमा समाचार प्रकाशन–प्रशारण गरेसँगै सामाजिक सञ्जालमार्फत पनि गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा पत्रकार शालिग्राम पाण्डेले नागरिक अभिनन्दन वर्षेनी समाजिक क्षेत्रमा व्यक्तिगत स्वार्थमाथि उठेर काम गर्नेको पहिचान गरि गरिनुपर्नेमा जोड दिनुभयो ।

 

सो क्रममा लेखनाथ घिमिरे अभिनन्दन मुल समारोह समितिका संयोजक पौडेलले समाजको वृहत्तर हितमा लाग्ने पात्र पहिचान गरी सवै जनाले योजना बनाएरै अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...