जुनियर ब्याडमिन्टन सुरु

काठमाडौ, पुस २८ गते ।नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप आजबाट राजधानीमा सुरु भएको छ ।

बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।
च्याम्पियनसिपको उद्घाटन गर्दै प्रमुख अतिथी तिम्सिनाले आजका जुनियर खेलाडीहरुनै भोली अन्तराष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा बोकेर राष्ट्रको प्रतिष्ठालाई उच्च राख्ने खेलाडी बन्नेमा आफु बिश्वस्त रहेको बताए ।
उनले राज्यका निकायहरुले ध्यान दिनुपर्ने क्षेत्रलाई निजी क्षेत्रले लगानी गरेर अगाडी बढाएकोमा आयोजक र प्रायोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसले उपलब्धि प्राप्त गर्ने बताए ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जुनियर प्रतियोगिता आयोजना गर्न पहल गरेकोमा इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कमलेश निरौलालाई धन्यवाद प्रदान गरे ।
लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोपाईटर राजु बास्तोलाले बताए ।
योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु– १५, यु– १३ र यु– ११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
आज भएको यु–१३ ब्वाईज तर्फको खेलमा आईडिबीका अच्युत ढुङ्गेलले नाईटिङ्गे एकेडेमीका निश्चल थापालाई २१–१०, २१–८ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
यस्तै नेपाल पुलिसका प्रनिश कार्कीले दीपक ब्याडमिन्टन एकेडेमीका आलोक लामालाई २१–११, २१–१५, एपेक्स लाईट स्कुलका सुहम कार्कीले कैलालीका रियांस चौधरीलाई २१–१९, २१–१८ले, धादिङ्गका आयुष मगरले किर्तिपुरकाा सविन लामालाई २१–८, १५–२१, २१–१३ले, सेनाका रिजन मगरले बुढानिलकण्ठका आनन्द पोखरेललाई २१–१०, २१–३ ले, कैलालीका शिषिर रानाले ग्यालेक्सीका सक्षम रेग्मीलाई २१–६, २१–१ ले, सूर्यदर्शनका आदित्य थारुले नेपाल पुलिसका सिद्धान्त श्रेष्ठलाई २१–४, २१–३ ले, क्यानभार बोर्डिङ्गका प्रवल श्रेष्ठले ईमाडोल ब्याडमिन्टन स्पोर्टस् सर्कलका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१९ ले, सूर्यदर्शनका सुबम श्रेष्ठले दोलखाका सुजल दाहाललाई २१–७, २१–६ ले, ग्लालेक्सीका रिशभ राईले कैलालीका युगान्त रानालाई २१–११, २१–६ ले, सेनाका सुदेश राजकोटीले कञ्चनपुरका अक्षय खत्रीलाई २१–१२, २१–१४ ले, कपिलबस्तुका शिभम कासुधनले किर्तिपुरका प्रपन्न अधिकारीलाई २१–११, २१–१२ ले सेनाका दीप थिङ्गले मलेखुका गगन कडेललाई २१–१, २१–१० ले, एपेक्स लाईट स्कुलका सत्यम कार्कीले नेपाल स्पोर्ट फेलोसिपका अलिष माझीलाई २१–४, २१–४ ले, तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१–१५, २१–१२ ले र एपिएफका आरुष सिमखडाले कैलालीका आदित्य चौधरीलाई २२–२०, १९–२१, २२–२० ले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।
यस्तै यु–१५ छात्र तर्फको प्रतिस्पर्धामा दार्चुलाका पप्पु बहादुर पालले सक्षम ढकालबाट वाकओभर र सूर्यदर्शनका अमन डङ्गोलले किर्तिपुरका साजन लामालाई २१–१०, २१–२ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।
प्रिक्वाटरमा स्थान बनाउने क्रममा सेनाका सुर्य महर्जनले अनिष गुरुङबाट वाकओभर, ग्यालेक्सीका रिषभ राईले कपिलबस्तुका मुनी सिंह क्षेत्रीलाई २१–१२, २१–७ ले, धादिङ्गका अश्विन मगरले विल्सन एकेडेमीका जितेन महतालाई २१–१४, २१–१३ ले, सूर्यदर्शनका सुभम श्रेष्ठले पेप्सीकोलाका आर्यन श्रेष्ठलाई २१–७, २१–१२ ले, एपिएफका प्रारम्भ सिमखडाले आईडिबीका अच्युत ढुङ्गेललाई २१–७, २१–२ ले, त्रियोगका उज्वल श्रेष्ठले कैलालीका युगान्त रानालाई २१–१२, २१–५ ले तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१–१६, २१–१४ ले र सेनाका सुविन श्रेष्ठले दार्चुलाका आयुष पाललाई २१–१४, २१–७ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ ।
च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।
च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् ।
क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।
नेपालले बिश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
भेट्रान टोलीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. ओलीले एक कार्यक्रमविच विदाई गरे ।
टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...