गण्डकी मुख्यमन्त्री अधिकारीकाे पाए विश्वासको मत

पाेखरा, पुस २९ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री अधिकारीकाे पक्षमा ३१ मत परेकाे थियोे भने विपक्षमा २७ र एक सांसद अनुपस्थित रहे । गण्डकी प्रदेश सभामा  एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २,  कांग्रेसका २७ र एक स्वतन्त्र गरि ६०  सांसद रहेका छन ।

 

मुख्यमन्त्री दाबी गर्दा हस्ताक्षर गरेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...