पाेखरा विश्वविद्यालयका गतिविधि बारे काँग्रेसकाे ध्यानाकर्षण

पाेखरा, पुस २९ गते ।नेपाली काँग्रेस कास्कीले  विश्वविद्यालयमा पछिल्लो समय विश्वविद्यालय प्रशासन र विद्यार्थी बीच भैरहेका गतिविधिप्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीका जायज माग पूरा गरी विद्यार्थीलाई उत्साहित बनाउँदै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने अवस्था सबैपक्षबाट महसुस भएकाले विश्वविद्यालय प्रशासन गम्भिर बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँछौं विज्ञप्तिमा भनिएकाे छ ।

 

विद्यार्थी संगठनहरु विद्यार्थीका हक, हितका लागि विश्वविद्यालयका विसंगति, बेथिति, शुल्क बृद्वि र शैक्षिक सुधारका लागि अग्रसर बन्नु र माग राख्नु स्वभाविक विषय हुन् काँग्रेसले भनेकाे छ ।

 

विश्वविद्यालय प्रशासन र विद्यार्थीको सामूहिक प्रयासबाट मात्रै विश्वविद्यालयको विकास र शैक्षिक गुणस्तर सम्भव हुने भएकाले दुवै पक्ष गम्भिर बनेर एकअर्कालाई सम्मान गर्दै अघि बढ्न समेत अनुरोध गर्दछौं ।

 

विभिन्न मागसहित आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएर समस्या समाधानका लागि अग्रसर बन्न विश्वविद्यालय प्रशासनलाई अनुरोध सभापति किशोरदत्त बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

समस्या समाधानका लागि वार्ता र छलफल भन्दा अर्काे राम्रो विकल्प केही छैन भन्दै विद्यार्थीलाई  विश्वासमा लिएर समयमा नै संयमित भइ सहमती, सहकार्य र एकताबाट समस्या समाधान गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराउँछौं काँग्रेसले भनेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...