नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३६ औँ स्थापना दिवस

पोखरा, पुस २९ गते  ।नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३६ औँ स्थापना  दिवस शुक्रवार रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

संघले बाषिर्कोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ ।

 

संघले आश्रमको भवन निर्माणका लागि भन्दै नगद रु पच्चिस हजारको चेक हस्तान्तरण गरेको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिल काजी गुरुङले बताए ।

 

संघको ३६ औँ वार्षिक उत्सव मनाइरहदा मानवताका नाताले आफुहरुले आश्रमलाई सहयोग गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी माहासङ्घका उपाध्यक्ष खिम प्रकाश मल्लले बताए ।

 

त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेकोे बताउदै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम जस्तो सेवामुलक र प्रतिष्ठित सस्थालाई सहयोग गर्न पाउँदा सन्तुष्टि समेत मिलेको बताए ।

 

संघले बार्षिकोत्सवकै अवसरमा रक्तदान जीवनदान भन्ने मुल नारा सहित विगतका वर्षहरुमा जस्तै रक्तदान कार्यक्रम समेत गरेको हो । कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ । संघका सदस्य तथा व्यवसायी मित्रमणी तिमिल्सीनाले ज्येष्ठ रक्तदाताका रुपमा रक्तदान गरि रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । यस पटक सम्म गरी तिमिल्सीनाले ३१ औँ पटक रक्तदान गरेका हुन ।

 

यस्तै सङ्घका कास्की जिल्ला अध्यक्ष गुरुङले १४ औँ पटक रक्तदान गरेका हुन । यसका अलावा सङ्घले शुक्रवार देखि नै पोखरा–७ टुरिष्टबसपार्कमा रहेको आफ्नो कार्यलयको भुईतल्लामा रहेको शौचालय सर्वसाधारणका लागि खुला गरेको छ ।

 

देश भर चलेको अभियान र पोखरा महानगरले ल्याएको अवधारणामा सहयोग गर्ने उद्धेश्यका साथ सङ्घले शौचालय सर्वसाधारणका लागि खुला गरेको जनाएको छ ।

 

आफ्नो कार्यलय टुरिष्ट बसपार्क नजिकै भएको कारण मानिसहरुलाई शौचका लागि समस्या नजिकबाट नियालेको भन्दै सोही समस्या आउन नदिनका लागि पनि शौचालय प्रयोगमा ल्याइएकोे सङ्घका पूर्व अध्यक्ष सुरेश श्रेष्डले बताए ।

 

स्थापना दिवसका अवसरमा सङ्घले वर्षेनी सेवामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...