तीन विभागिय टोली सेमिफाईनलमा

पाेखरा, पुस २९ गते ।तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

आज भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो ।

 

तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अर्को विभगिय टोली एपिएफ पनि बागमतीको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । एपिएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएको हो ।

 

यसै गरि अर्को विभागिय टोली नेपाल पुलिसले पनि सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो ।

 

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला तर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । समूह बी को आज भएको खेलमा आर्मीले एपिएफमाथि निकै रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाईलमा स्थान पक्का गरेको हो ।

 

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको सेनाले दोश्रो र तेश्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ र पाँचौ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो । यस्तै यसै समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगको लागि छनोट हुन सफल भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...