बिक्रम भक्त जोशीको चोभार ब्लुजको परिसंवाद

पोखरामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको आयोजनामा चोभार ब्लुज माथिको परिसंवाद शुक्रवार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रकाश सायमीले चोभार ब्लुजले नेपाली साहित्यमा नयाँ आयाम र अध्याय थपेको बताए ।

सायमीले कृति नामकरणमा आगन्तुक र वैदिक सनातन संस्कारले प्रभाव पार्दै आएको बेला बिक्रम भक्त जोशीको कृति यी दुवै अध्याय भन्दा अध्ययन र चिन्तनले माथि रहेको धारणा राखे ।

 

परिसंवादका सहजकर्ता साहित्यकार दीपक पराजुलीले चोभार ब्लुजका १९ वटा निकथा केन्द्रित विविध जिज्ञासा राखे । पराजुली र अन्य साहित्यकारका जिज्ञासामा केन्द्रित रहेर स्रष्टा बिक्रम भक्त जोशीले साहित्यमा राम्रा नराम्रा क्रिया र प्रतिक्रिया दुवैलाई आफ्नो पूँजीका रुपमा ग्रहण गर्ने बताए । उनले पोखराबाट पाएको अपूर्व माया र प्रतिक्रियाले आफूलाई आगामी यात्रामा थप प्रेरणा मिलेको धारणा व्यक्त गरे ।

 

आफ्नो निकथाका बारेमा राखेका जिज्ञासाबारे प्रकाश पार्दै जोशीले निबन्ध, नियात्रा र कथाको समीश्रण निकथा भएको प्रष्टयाएका थिए ।

 

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिक्रम भक्त जोशीको नेपाली साहित्य क्षेत्रको आगमन जीवन्त रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

 

मदन पुरस्कार बिजेता साहित्यकार रामलाल जोशीले एउटा सुदूरको स्रष्टाले अर्को स्रष्टालाई पोखरामा भेट्न पाउनुलाई दुर्लभ सौभाग्यका रुपमा लिएको बताए ।
सोही समारोह बीच अनेसास गण्डकीले पूर्व बैंकर्स र इन्जिनियरिङको व्यक्तित्व नेपाली साहित्यमा नयाँ विधाको प्रणेताका रुपमा उदाएको भन्दै सम्मानसमेत गरेको छ ।

 

मदन पुरस्कार विजेता रामलाल जोशी, अध्यक्ष शाह र प्रमुख अतिथिले सम्मान अर्पण गरेका थिए ।
परिसंवादमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, कथाकार डा. अशोक थापा, छवि सुवेदी बिजयी, मेघनाथ कुँवरलगायतले पुस्तक केन्द्रित जिज्ञासा राखेका थिए ।
साहित्यकार दुर्गा न्यौपानेले दिग्गज स्रष्टासँगको साक्षात्कार, चर्चा परिचर्चाका कार्यक्रमले लेखनमा उर्जा मिलेको बताइन् ।

 

अनेसास गण्डकी महासचिव असफल गौतमले बिक्रम भक्त जोशीजस्ता स्रष्टा नेपाली साहित्य क्षेत्रले पाउनुलाई सौभाग्यका रुपमा लिनुपर्ने बताए ।

अध्यक्षको आसनबाट गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले पोखरामा आफ्नो नयाँ कृतिको परिसंवादको अवसर जुटाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...