साविक विजेता न्यू डायमन्ड र आर्मी उपाधी नजिक

काठमाडौ, पुस ३० गते ।साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधी नजिक पुगेका छन् ।

आज सम्पन्न सेमिफाईनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गर्दै डायमन्ड फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा डायमन्डले पहिलो सेट १७–२५ ले आर्मीलाई सुम्पन पुग्यो ।

 

पहिलो सेट हारेको डायमन्ड खेलमा फर्कदै लगातार तीन सेटलाई आफ्नो पक्षमा पार्दै फाईनल प्रवेश गरेको हो । डामन्डले आर्मी माथि २५–१९, २५–१६, २५–१८ को जित निकाल्न सफल भएको हो । अव उपाधी रक्षा गर्ने क्रममा डायमण्डले विभागिय टोली नेपाल पुलिसको सामना गर्ने भएको छ ।

 

एउटै समूहमा रहेको पुलिस संग समूह चरणको खेलमा डायमन्ड पराजित हुँदै उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको थियो ।

 

यस्तै नेपाल पुलिस क्लब र साविक उपविजेता एपिएफविच भएको सेमिफाईनल खेलमा नेपाल पुलिसले निकैनै संघर्षपूर्ण जित निकाल्यो । पहिलो सेट २५–१५ ले जितेको पुलिस दोश्रो र तेश्रो सेट १७–२५ र २१–२५ ले गुमाउन पुग्यो । त्यस पछि आफ्नो खेलमा सुधार गर्दै पुलिस खेलमा फर्कियो ।

 

पुलिसले चौथो सेट २५–२१ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा १५–७ ले एपिएफलाई पछाडी पार्दै पुलिस फाईनल प्रवेश गरेको हो ।

 

नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भईरहेको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा साविक विजेता आर्मी क्लब फाईनल प्रवेश गरेको छ । आर्मीले फाईनल प्रवेश गर्ने क्रममा एपिएफमाथि २५–२३, २५–१७, २५–१७ को जित निकाल्दै उपाधी नजिक पुगेको हो ।

 

पुरुष तर्फको दोश्रो खेलमा पाकिस्तानी खेलाडीले सज्जित टिपटप हेल्प नेपालले निकैनै संघर्षपूर्ण खेलमा जित निकाल्दै उपाधीका लागि आर्मीसंगको भेट पक्का गरेको हो ।

 

पहिलो सेट २५–२१ ले जितेको हेल्प नेपाल दोश्रो सेट २४–२६ ले पुलिसलाई सुम्पन पुग्यो । तेश्रो सेट पुन २५–१७ ले आफ्नो पक्षमा पार्न सफल हेल्प नेपाल चौथो सेट फेरी २०–२५ ले पुलिसलाई दिन बाध्य भयो । अन्तिम तथा निर्णायक खेलमा १५–८ को जित निकाल्दै हेल्प नेपाल फाईनल प्रवेश गर्न सफल भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...