विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

१ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...