पत्रकार त्रिभुवन पाैडेलकाे शवयात्रा सहित अन्त्येष्टि

पोखरा, माघ ३ गते । यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य त्रिभुवन  पौडेलको आज अत्येष्टि गरिएको छ । पाेेखरामा शव यात्रासंग अन्त्येष्टि गरिएको हाे ।

 

शव पहिचान र पोस्टमार्टम गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिवारलाई आजै विहान  बुझाएसको थियो ।शव अस्पतालबाट शव वाहनमा राखेर उनकाे निवास पाेखरा ११ फुलबारी पुर्‍याईएकाे थियाे ।

 

निवासमा परिवारका सदस्यले अन्तिम श्रद्धाञ्जली दिए लगत्तै गाडिमा राखेर शव यात्रा गरिएकाे थियाे ।फुलबारी, नदिपुर, पालिखेचाेक, महेन्द्रपुल, चिप्लेढुंंगा, न्युराेड, सभागृहचाेक, सृजनाचाेक, रत्नचाेक, राष्ट्रबैकचाेक हुँदै नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियाे ।

 

महासंघमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्री सीता सुन्दास, पञ्चराम गुरुङ, माओबादी नेता हितराज पाण्डे,जीवन बराल,पाेखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पाेखरेल, महासचिव राेशन पुरी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायत, पत्रकार महासंघका नेता तथा सदस्य, राजनीति दलका नेता, कार्यकर्ता, उद्योगी, ब्यवसायी, सामाजिक ब्यत्तित्वले स्व: पत्रकार पाैडेेल प्रती श्रद्धाञ्जली ब्यत्त गरे ।

 

पत्रकार महासंघमा करिव एक घण्टा अन्तिम श्रद्धाञ्जलीका लागि राखिपछि त्यहाँबाट मुस्ताङचाेक, एरपाेर्ट,पृथ्वीचाेक, नयाँबजार हुदै सेती नदीकाे शान्तिघाटमा पत्रकार पाैडेलकाे दाहसंस्कार गरिएको हाे ।

 

उनकी श्रीमती प्रतिभा अधिकारी, छोरा इभान र दाजु चिरञ्जीवी पौडेलले पार्थिक शरीरमा दागबत्ती दिएका थिए ।  पाैडेल पाेखरामा स्थापित पत्रकार थिए ।उनको अकल्पनीय निधनले पाेखरेली पत्रकारका लागि दुखद क्षणका रुपमा लिएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...