राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

पोखरा, माघ ४ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ ।


राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...