प्रतिनिधिसभामा सभामुख चयन आज

काठमाडौं ।  प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउने छ । सभामुख चयनका लागि प्रतिनिधिसभामा मतदान हुँदैछ ।

गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।

न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...