लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ । सुनगाभा युवा क्लबको आयोजनामा आउँदो माघ २६ गतेदेखि सुनगाभा कप तथा स्वः प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदवाट पर्यटन भियाउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने भएका छन् । सुनगाभा क्लब लुम्लेको चौथो संस्कराण आयोजना गर्न लागेको उक्त कार्यक्रम फागुन ३ गतेसम्म सञ्चालन हुने वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए ।

 

पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी १ टिममा २ जना सम्म सहभागी गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...